जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर कांग्रेसलाई एमाले सचिव योगेश भट्टराईकाे प्रश्न

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर नेपाली कांग्रेसलाई प्रतिप्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा भाग लिँदै एमाले सांसद भट्टराईले यदि एक नम्बर बुँदा स्वीकार गर्छ भने कांग्रेसको इतिहासकै अन्त्य हुने दाबी गर्नुभयो ।

दुनियाँका माक्र्सवाद फेरि पुनर्जाग्रित भएर आएको भन्दै उनले अघि भने, ‘आज कता–कता के लाग्छ भने फुकुयामाले बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता व्यत्तित्व पछिको एउटा निक्छरो नेपाली कांग्रेसको हालत देखेर कांग्रेसकै लागि यो लेख्नु भएको हो कि भन्ने लागिरहेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्