केदारस्युमा पालिका स्तरीय बाल भेला कार्यक्रम सम्पन्न

बझाङ – केदारस्यूँ गाउँपालिकामा पालिका स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ । केदारस्यूँ गाउँपालिकाको आयोजना तथा प्रगतीशिल युवासमाज /वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा उक्त कार्यक्रम केदारस्यु गाउँपालिकाको देउरामा सम्पन्न भएको हो । बाल संरक्षण परियोजना अन्तरगत स्थानीय सरकारको योजना निर्माणमा बालबालिकाको सहभागीता गराइ उनीहरुको माग सम्बोधन गरीनुपर्ने भन्दै उक्त कार्यक्रमको आयोजना गरएिको हो ।

कार्यक्रममा बिषयवस्तुको बारेमा जानकारी गराउदै फिल्ड अधिकृत बिनोद थापाले योजना निर्माण गर्दा बालबालिकालाइ अनिवार्य सहभागीता गराउनुपर्ने प्रावधान रहेकाले स्थानीय सरकाले उक्त कुरामा ध्यान दिदै यस्ता योजना निर्माण गर्दा बालबालिकाको सहभागीता अनिवार्य गर्नुपर्ने र माग सम्बोधन गर्नुपर्ने बताए । यस्तै कार्यक्रममा केदारस्यु गाउँपालिका उपाध्यक्ष मनिसा धामिले आफु निर्वाचित भैसकेपछि बालबालिकाको हक अधिकारको क्षेत्रमा गम्भिर रहेको बताए । साथै उनले आफुले योजना निर्माण गर्दा बालबालिकालाइ नछुटाउने र उनीहरुको हक अधिकारकोलागि आफु सम्म पुगेका बालबालिकाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकि छन । पालिकामा आवश्यक पर्ने बिभिन्न बाह्र वटा वुदा मध्ये छनौट गरेर पाँच वटा अति आवश्यक वुदालाइ कार्यक्रममा पेस गरेका थिए। कार्यक्रममा केदारस्यु गाउँपालिका वडा नम्बर १देखि ९वडाका २५जना बाल क्लब सञ्जालका बालबालिकाको उपस्थित रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्