केदारस्यूँ-६ का वडाअध्यक्ष धामिले गरे कार्यपालिका बैठकमै महिला कार्यपालिका सदस्य माथि दुर्व्यवहार

बझाङ – बझाङको केदारस्युं गाउँपालिका वडा नं. ६का वडाअध्यक्ष बिजय धामिले कार्यपालिका सदस्य माथि दुर्व्यवहार गरेका छन् ।  बुधबार गाउँपालिकामा चलिरहेको कार्यपालिकाको बैठकमा अध्यक्ष धामिले एक कार्यपालिका सदस्यलाई गालि गलौज गरेर दुर्व्यवहार गरेका हुन्।

सामान्य कुरामा विवाद हुदा अध्यक्ष धामिले एक महिला सदस्यलाइ नराम्रो शब्द प्रयोग गरि गालि दिएका थिए। महिला माथि गालि गलौज हुदा गाउँपालिका उपाध्यक्षले किन यस्तो शब्द प्रयोग गरेर गालि दिएको भनेर सोद्दा अध्यक्ष धामिले मोबाइलमा भिडियो बनाएकोले आफुले धामीको मोबाइल समातेको उपाध्यक्ष मनिसा धामिले बताइन्।

आफुले महिला माथि किन यस्तो व्यवहार गरेर बोलेको भनेर बोल्दा आफ्नो भिडियो बनाएको र आफुले त्यो भिडियो किन बनाएको भनेर मोबाइल समातेर कार्यपालिकाको बैठक सकिने बितिक्कै मोबाइल फिर्ता दिएको उपाध्यक्ष धामिको भनाइ छ। गाउँपालिकाको बिकासको लागि आफुले सबै वडालाइ सम्मान तरिकाले हेरेको उनको भनाइ छ। वडा अध्यक्ष धामिले योजनागत रुपमा गाउँपालिका र आफुहरुलाई गलत बनाउन कार्यपालिका बैठकमा यस्तो गरेको गाउँपालिकाअध्यक्ष गणेश बोहराको भनाइ रहेको छ। आफुहरुले गाउँपालिकाको बिकासको लागी बिभिन्न बुँदामा छलफल गर्दा वडाअध्यक्ष धामिले कार्यपालिका सदस्यलाई अशब्द प्रयोग गरेर गालि गलौज गरेको अध्यक्ष बोहराले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्