जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौतीहरु विषयक’ कार्यशाला गोष्ठी

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा विकासका सम्भावना र चुनौती विषयक कार्यशाला गोष्ठी सुरु भएको छ। आइतबार नगरपालिकाको सभाहलमा सन्चालन भएको उक्त कार्यशाला गोष्ठीमा जयपृथ्वी नगरपालिका अन्तरगत रहेका सम्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन भएको हो।

कार्यक्रमा विकासका सम्भावना तथा चुनौती विषयकमा कार्यशाला गोष्ठीको उद्देश्य रहेको हो। नगरपालिका भित्र रहेका विकास निर्माण तथा चुनौतीहरुमा नगरपालिकालाइ कसरी अगाडि बढाउने भन्ने उद्देश्यले यो कार्यशाला गोष्ठीको योजना रहेको छ। बिभिन्न शाखाको प्रगति प्रतिवेदन तथा चुनौतीका विषयमा नौ वटा बुँदामा छलफल भएको छ। यो कार्यशाला गोष्ठीले आगामी आर्थिक वर्षमा नगरपालिकाको विकास निर्माण गर्न सजिलो हुने उद्देश्यले यो कार्यशाला गोष्ठी सन्चालन भएको नगर प्रमुख चेतराज बजालले जानकारी दिए । नगरपालिका लाइ कसरी नमुना नगरपालिका बनाउने भन्ने उद्देश्यले तथा विषय गत कर्मचारी बाट सुझाव सल्लाह लिने तरिकाले नगरपालिकाले यो गोष्ठी सन्चालन गरेको नगर प्रमुख बजालको भनाई छ । कार्यक्रममा नगरपालिका भित्र रहेका बिकास निर्माण तथा चुनौतीका विषयमा छलफल भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्