फुलमान बलले निर्देशन गरेको दयाहाङ राई अभिनीत फिल्म ’नीरफूल’ को ट्रेलर सार्वजनिक

काठमाडाैं – फूलमान वलले निर्देशन गरेको तथा अभिनेता दयाहाङ राई अभिनीत फिल्म ’नीरफूल’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्म जेठ २६ गतेदेखि प्रदर्शन हुने भएकाे छ । फिल्ममा दयाहाङसँगै बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायत कलाकारको अभिनय छ। फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन्।

२०७२ सालको भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष कथा फिल्मा समावेश गरिएकाे छ । दर्शकहरूलाइ मनाेरञ्जनका साथै भावुक बनाउने उक्त फिल्मबाट फिल्मप्रेमीहरू फरक स्वाद लिन पाउनेछन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्