बझाङमा बन्यो अल्लो प्रशोधन गरी झोला, पालिकाले खरिद गरिदिने

बझाङ – बझाङको जंगलमा उपयोग विहिन खेर गइ रहेको अल्लो लाइ प्रशोधन गरेर बझाङमा झोला बनाउन कामको सुुरुवात भएको  छ । थलारा गाँउपालीका २ मोराइलमा अन्जुु खाती र जौमती देवी खातीले परम्परागत उद्योगबाट कपडा बुन्ने कामको थालनी गरेका हुन् ।  उनिहरुले जंगलमा खेर गइरहेको अल्लोलाइ प्रशोधन गरि झोला बुुनेको पालिकाले खरिद गरि विद्याथीहरुका लागि झोला बनाइ दिने योजना गरे पछि उनिहरु अहिले उत्साहित भएर अल्लोको कपडा बनाउन लागेका हुन् ।

थलारा गाउँपालिकाले पाँच सय वटा झोलाको लागि अडर समेत दिइसकेको छ। दुुई जना महिलाहरु लाइ केहि महिना अगाडी युुएमएन र प्रगतीशिल सस्थाले ३ महिना तालिमका लागि दाङ जिल्ला पठाएको थियो । तालिममा झोला बनाउन सिकेपछि उनिहरुले अहिले गाँउमै यो उद्योगको सुुरुवात गरेको अन्जुु खातीले बताइन् । जंगल बाट अल्लो ल्याएर प्रशोधन गरि धागो बनाएर दुवै जना महिलाले कपडा बनाउन थालेपछि अल्लोको कपडा उद्योग सम्भावना देखेर उनिहरुको उद्योगको लागि आवस्यक सिप सामाग्री र उत्पादन कपडा सवै खरिद गरि दिने युुएमएन सस्था र पालिकाले चाजोपाजो गरि दिएपछि यहाँका अन्य महिलाहरु पनि यो उद्योग संग कामका लागि जोडिन थालेका छन् अहिले यो उद्योगमा जम्मा एघार जना महिलाले काम गरिरहेका छन्।

अल्लो प्रशोधन गरि कपडा निकाल्ने काम जिल्लामा सुरुवात गरेका र प्रयास सफल भएपछि अन्य पालिकाहरुमा पनि संचालनका लागि पहल गर्ने युुनाइटेड मिसन टुु नेपाल की कर्मचारी ईन्दीरा राइले  बताइन् । अल्लोको कपडा उद्योग संचालन भए गाँउघरका महिलाहरुले रोजगारी पाउने अपेक्षा गरिएको छ । संस्थाले अल्लोको कपडा उत्पादन साथै अल्लोका झोला बनाउने तालिम पनि महिलाहरु लाइ दिन थालेका छन ।आज जिल्ला स्थित सरोकारवालाले थलारा गाउँपालिकाको बिभिन्न वडामा अनुगमन समेत गरेको छ। अनुगमनका क्रममा मालिका भवानी अल्लो उधोग प्रशोधन केन्द्रको समेत अनुगमन गरिएको थियो।उक्त उद्योगमा काम गर्ने एघार जना महिलाले आफुले यो पेसालाइ निरन्तरता दिने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्