आज सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं – साताको पहिलो कारोबार आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन १.५२ प्रतिशत अर्थात २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो ।

आइतबार कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आइतबार सबै उपसूचकहरु राताम्य देखिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्