कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

काठमाडौँ – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚ सामाजिक विकासमन्त्री टेकराई पछाई र उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले सामूहिक राजीनामा दिएका छन् ।

तीनै जना मन्त्रीले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्