मुस्ताङमा अभिनेता पल शाहसँग देखिइन् चर्चित टिकटकर ‘मिस पबी’

काठमाडौँ –  टिकटकबाट चर्चामा आएकी ‘मिस पबी’ (पवित्रा साँकी)ले अभिनेता पल शाह (पूर्ण विक्रम शाह) सँग पहिलो पटक एउटा भिडिओमा काम गर्ने मौका पाएकी छिन् । पविले पहिलो पटक अभिनेता पलसँग अभिनय गरेकी हुन्। यसअघि उनले पलसँग अभिनय गर्ने सपना रहेको बताउँदै आएकि थिइन् ।

एक वर्षसम्म जेल वसेर निस्किएका अभिनेता शाह पहिलो म्युजिक भिडियो सुटिङ गर्न मुस्ताङ पुगेका हुन्। कागवेनीमा ‘थाहै भएन’ बोलको गीतको भिडियो सुटिङका लागि शाह मुस्ताङ पुगेका हुन्। शाहले दर्जनौ म्यूजिक भिडियो र ठुलो पर्दाको चलचित्रहरुमा समेत काम गरिसकेका छन्। अब मिस पवी र शाह एउटै व्यानरमा देखिनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्