कञ्चनपुरको एक पोल्ट्रीमा आगो लाग्दा सात लाखको क्षति

सांकेतिक तस्विर

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ रहेकाे एक पोल्ट्री फर्ममा आगो लाग्दा झण्डै सात लाखको क्षति भएको छ।

बेदकोटका ४१ वर्षिय टंकप्रसाद जोशीको गोठमा आगो लागेको थियो। उनको गाइको गोठमा विद्युत सर्ट भएर आलो लागेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रवार दिउँसो गोठमा आगो लागेको हो। गोठमा लागेको आगो सोही ठाउँको श्री लटिनाथ पोल्ट्री फर्ममा सल्किएको थियो। उक्त फर्ममा ६ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्