पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, आगामी ३ दिनको मौसम कस्तो रहला ?

काठमाडौँ – आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको र दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

महाशाखाले आगामी चौबिस घन्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम:

२०७९ चैत १२ गते (आइतबार)

दिउँसोː कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत १३ गते (सोमबार)

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीː कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत १४ गते (मंगलबार)

दिउँसोː कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीː कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्