भानुभक्त जोशीको शब्द तथा सेरी औजीको स्वरमा रहेको ‘भेटौला चैतका मैना’ गीत सार्वजनिक

काठमाडाै – बसन्त ऋतुको आगमनसँगै गायक भानुभक्त जोशीको शब्दमा रहेको ‘भेटौला चैतका मैना’ गीत सार्वजनिक भएको छ । भावुक शब्द समावेश गरिएको उक्त गीत भाईबहिनीबीचको सम्बन्धलाई दर्शाउन खोजेको छ । उदासी मैना भनेर चैत्र महिनालाइ लिने गरिन्छ । सुदूरपश्चिममा त झन चैत महिनामा अनिवार्य जसो पराई घर गएकी दिदीबहिनीलाई कोसेली स्वरुपमा घरमा भेट्न जाने चलन रहेको छ जसलाई स्थानीय भाषामा भेटौलो भन्ने गरिन्छ ।

सम्झना म्यूजिक फिल्मस्को युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत चैत्र महिनामा भाइबहिनीबिचको आत्मिय सम्बन्धलाई दर्शाउन खोजेको छ । गीतमा गायक सेरी औजी र सिता बस्खेडाले स्वर दिएका छन भने लय संगीत रमेश धामी मायालुको रहेको छ । अलिसा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको गीतलाई किशोर कुमार भण्डारीले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोलाई थापा कमल विवेकले निर्देशन तथा सम्पादन गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्