बिपिडब्लु लघुवित्तको IPO शुक्रबार बाँडफाँट हुने, ८ हजार ९५ जनाले मात्रै शेयर पाउने

काठमाडौँ – बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट गर्ने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसले चैत ३ गते शुक्रबार बिहान ११ बजे शेयर बाँडफाँट गर्ने जनाएको हो ।

फागुन १८ गतेदेखि आज २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । सिडिएस एण्ड क्लियरिङ्गको पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा १५ लाख भन्दा बढी आवेदकबाट १ अर्ब ६८ करोड रुपैयाँ बराबरको १ करोड ६८ लाख कित्ता शेयरको लागि आवेदन परेको थियो ।

यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको २०७ गुणा बढी हो । लघुवित्तको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछन् । निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्तााको दरले शेयर वितरण गर्दा ८ हजार ९५ जनाले मात्रै शेयर पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्