दार्चुलाको गोकुलेश्वर क्याम्पसको स्ववियुमा भागबण्डा, केहि दिनमा औपचारिक घोषणा गरिने

दार्चुला –  दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि सबै विद्यार्थी संगठनले सहमतिमा भागबण्डा गरेर मनोनयन दर्ता गराएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादी निकटअनेरास्ववियु(क्रान्तिकारी) ले सहमतिका आधारमा सबै पदमा मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृत धनसिंह विष्टले सूचना जारी गर्दै अध्यक्षमा अखिल क्रान्तिकारीका नविन विष्ट, सचिवमा अनेरास्ववियुका ज्ञानेन्द्र गोयला, कोषाध्यक्षमा नेविसंघका जगदिश विष्टले मनोनयन दर्ता गराएको जानकारी दिएका छन् । ६ जना सदस्य रहेकोमा अनेरास्ववीयुका लक्ष्मी जोशी, मनिसा साउँद, केशवदत्त जोशी, रुद्रसिंह विष्ट,नेविसंघका गोविन्द सिंह डाँगा र अनेरास्ववियु(क्रान्तिकारी) का हसिला चन्दले मनोनयन गराएका छन् । अनेरास्ववियु छैठौँले भने कुनै पदमा मनोनयन दर्ता गराएको छैन ।

गोकुलेश्वर बहुमुखी क्याम्पसका प्रमुख प्रदीप जोशीले क्याम्पसमा क्रियाशील सबै संगठनको सहमतिका आधारमा स्ववियु निर्वाचनमा मनोनयन दर्ता गरेको र केही दिनमै औपचारिक रुपमा घोषणा गरिने जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्