‘छक्कापञ्जा ४’ फिल्मले ११ करोड कमाइ गर्‍यो

काठमाडौं – ‘छक्कापञ्जा ४’ फिल्मले ११ करोड कमाइ गरेको छ । दीपकराज गिरी स्टारर पोलिटिकल र कमेडी ड्रामा यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने चौथो फिल्म हो ।

यस वर्ष दुई नेपाली फिल्म ‘कबड्डी ४’ र ‘महापुरुष’सहित ‘अवतार: द वे अफ वाटर’ र ‘पठान’ले १० करोडभन्दा बढी कमाइसकेका छन् । दोस्रो शनिबार मात्रै फिल्मले डेढ करोडभन्दा बढी कमाइ गरेको थियो । चितवनमा मात्रै फिल्मको कमाइ करोडभन्दा बढी छ ।

गत बिहीबारदेखि मध्यपूर्वमा समेत रिलिज भएको छक्कापञ्जा ४ ले पहिलो सप्ताहन्त मात्र झण्डै तीन करोड रुपैयाँ ग्रस कमाएको जनाइएको छ । अमेरिका र अष्ट्रेलियामा पनि आक्रामक ढंगले फिल्म चलिरहेको देखिन्छ । दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाहको शीर्ष भूमिका रहेको फिल्म राजनीतिक कथावस्तुमा आधारित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्