बसन्ती भट्टको स्वरमा ‘छुटिग्यो ला बारिल सेरो’ डेउडा गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – बसन्ती भट्ट र मानसिंह भण्डारीको स्वरमा ‘छुटिग्यो ला बारिल सेरो’ डेउडा गीत सार्वजनिक भएको छ । मेघराज खडायत र किशोर भट्टको शब्द संगितमा बेनको यस गीतमा मार्मिक शब्दहरु राखिएका छन् । ठाडी भाकाको झल्को दिने यस गीतमा प्रेमी प्रेमिकाको विछोडको वर्णन गरिएको छ । गीतमा भाग्यमा भएको कुरा कसैले पनि मेट्न नसकिने कुरा प्रेमिकाले बताएकी छिन् । सपमना भेट्न आउन समेत प्रेमिकाले आग्रह गरेकी छिन् ।
प्रेमीले भने जन्मभूमी छोडेर प्रदेश जादा आँखामा आमाबुवा बसेको बताएका छन् । मेरी प्राण भन्दा प्यारी जीवन सँगीनीले बाटोले हेरेर मलाई कुरेको होला भन्दै प्रेमीले विलाप गरेका छन् । गीत निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्