सेटिगाउँ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट रावलको दाबी

काठमाडौँ – बैतडीको डिलासैनी गाउँपालिकामा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विद्यार्थी नेता कृष्णसिंह रावलले दाबी गरेका छन् । शुक्रबार उपहारखबरसँग कुराकानी गर्दै नेता रावलले नेवि संघको तर्फबाट स्ववियु सभापतिमा आफ्नो बलियो दाबी रहेको जानकरी दिएका हुन् । आफुले स्ववियु सभापतिमा जिते क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक ब्यवस्थापन गर्न कुनै कसर बाँकी बताएका छन् । सेटिगाउँ बहुमुखी क्याम्पसका विद्यार्थीहरु संग विभिन्न बिषयमा छलफल गरी विद्यार्थीको चाहना र सुझाव सल्लाह बमोजिम उमेदवारी घोषणा गरेको उनले बताएका छन् । क्याम्पसको चौतर्फी विकास र विद्यार्थी हकहित निमित्त आफु सधै लागि पर्ने उनको भनाई छ ।

उनी नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति दार्चुला सह सचिव एवं प्रदेश सभा ख संयोजक समेत हुन् । उनी अहिले बिबिएस अध्ययन गरिरहेका छन् । उनी कक्षा ८ मा पढ्दा देखी नै नेपाल विद्यार्थी संघमा आवद्ध छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्