नेशनल प्याबसन काठमाडौँ जिल्लाको २७ औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याबसन) काठमाडौँ जिल्ला समितिको २७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार जिल्ला अध्यक्ष खड्क बहादुर बस्नेतको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा उक्त साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष बस्नेतले संस्थालाई थप सुदृढीकरण गर्न सबै सदस्य सक्रिय भएर लाग्न तथा नेशनल प्याब्सन देश विकासको मेरुदण्डको रुपमा रहको शिक्षा क्षेत्रलाई समय सापेक्ष र गुणस्तरीय बनाउन र निजी क्षेत्रको लगानीलाई सुरक्षाको सुनिश्चितता गर्ने उद्देश्यले लागिपरेको बताउनुभयो । यसैगरी परीक्षा प्रणालीलाई थप सदृढ गर्न लागिपरेको र कमजोरीहरुलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डव हमालले काठमाडौँ जिल्लाले गरेको गतिविधि सन्तोषजनक रहेको प्रष्ट पार्नुभएको थियो । यसैगरी संस्थाभित्र कुनै राजनीतिकरण नहुने र पूर्णरुपमा शिक्षासँग सम्बन्धित गतिबिधि मात्रै हुनेभएकाले सोहि अनुरुप अघि बढ्न सुझाव समेत दिनुभयो ।

यसैगरी सचिव अमृत खड्काले २६ औँ बार्षिक साधारण सभा पछि गरेका कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । पाठ्यक्रम विकास केन्द्रका विषय विज्ञहरुबाट तीन सय शिक्षकहरुलाई विषयगत तालिम सञ्चालन गरि परीक्षालाई व्यवस्थि तगर्न विषयगत उपसमिति निर्माण गरिएको, एक हजार ५ सय विद्यार्थीको सहभागितामा जिल्लास्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको, हाजिरी जवाफ, चित्रकला, सम्मान कार्यक्रम, स्मारिका प्रकाशन, बक्तृत्वकला तथा संगठनको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको, समिति हेरफेर तथा थप जिम्मेवारी दिएको, काठमाडौँ महानगरपालिकाको व्यवसपनमा एक हजार ३ सय विद्यार्थीको उपस्थितिमा खुलामञ्चमा मार्च पास गरिएको बारे जानकारी दिनुभएको थियो । यसैगरी आगामी कार्यक्रमहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा कोषाध्यष प्रेम कुमार भुजेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाको आयव्यव प्रस्तुत गर्नुभएको थियो । ४० लाख ३७ हजार आम्दानी रहेकोमा ३९ लाख १६ हजार ६९३ खर्च सहित कुल बचत १ लाख २० हजार ९ सय ५८ रहेको बताउनुभयो । यसैगरी कुनै पनि संगठन सञ्चालन गर्नका लागि आवश्यक पर्ने आर्थिक पाटोमा नविकरण शुल्क, कार्यक्रम सहभागि शुल्यक, परीक्षा शुल्क, कार्यक्रम प्रायोजन र विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै अघि बढिरहेको समेत जानकारी गराउनुभएको थियो ।

२०६४ सालमा स्थापना भएको नेशनल प्याब्सन काठमाडौँ जिल्लामा झण्डै १ हजार १ सय निजी विद्यालय रहेकोमा ३ सय ५० भन्दा बढी सदस्य विद्यालयको छाता संगठनको रुपमा नेशनल प्याब्सन निजी क्षेत्रबाट सञ्चालित विद्यालयको हकहित सम्बद्र्धन र सुरक्षा गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्