‘हाम्रो संगठन राजनीति भन्दा बाहिर छ’ : अध्यक्ष हमाल

काठमाडौँ – राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याबसन) का राष्ट्रिय अध्यक्ष पाण्डव हमालले नेसनल प्याब्सन राजनीतिक संठगन भन्दा बाहिर रहेको दाबी गरेका छन् ।
शुक्रबार राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याबसन) काठमाडौँ जिल्ला समितिको २७ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष हमालले संगठनमा कुनै राजनीति नभएको दाबी गरेका हुन् । ‘हाम्रो संगठन राजनीति भन्दा बाहिर छ, म इमान्दारीका साथ भन्न चाहन्छु, यो भित्र राजनीतिक रङ छैन, विभेद छैन, यहाँ जात धर्म लिंगका कुरा पनि छैन ।’ अध्यक्ष हमालले भने, ‘ यो विशुद्ध व्यवसायिक संगठन हो, यहाँ कुनै लाभको पद पनि छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्