प्रदेशीको पीडा समेटिएको महेश कुमार ‌औजीको “मायाजलमा” गीत सार्वजनिक

काठमाडाैं – चर्चित डेउडा गायक महेश कुमार औजी र सन्ध्या चन्द ठकुरीको स्वरमा रहेको “मायाजलमा” गीतको भिडियो सार्वजनिक भएको छ । प्रदेशमा आफ्नो जीवनसंगिनीको यादलाई गीतमा चित्रण गरेको छ । काम गर्ने बेला सम्झना आउने, आँखामा आँशु आउने गायकले समावेश गर्न खोजेको छ ।

प्रदेशी जीवनमा सम्झेर दिन दिनै रुन भयो जस्ता मार्किक शब्द गीतमा समावेश गरिएको छ । अंगद चन्दको मार्मिक लय शब्द रहेको गीतमा विजय चन्द ठकुरी र गायिका सन्ध्या चन्द ठकुरीले अभिनय गरेको छ । उक्त भिडियोलाई मान सिँहले निर्देशन गरेका छन् भने भिम बिकले छायांकन गरेको छ । सोनु बिकले सम्पादनमा सहयोग गरेका छन् भने सुदूर धमाका म्यूजिक प्रा.लि.ले निर्माण गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्