कञ्चपनुरमा डुबेर एक बालकको मृत्यु

सांकेतिक तस्विर

कञ्चनपुर –  कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथ बस्तीस्थित एक बालकको डुबेर मृत्यु भएको छ।

सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीका डेढ वर्षका छोरा रोशनको डुबेर मृत्यु भएको हो। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ का दिनेश चौधरीका डेढ वर्षको छोरा रोमन चौधरीको डुबेर मृत्यु भएको प्रहरीले बताए।

खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्थानीय बिएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्