बझाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बझाङ – बझाङमा जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय किसन पुजाराको जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । साथीहरू सँग आइतबार खाना खाएर दिउँसो ११/१२ बजेको समयमा घरनजिकै रहेको खोरीगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा पुजाराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश अवस्तीले जानकारी दिए । माछा मार्नका लागि घरबाट तारमार्फ करेन्ट लगेर पानीमा छोडेको र सोही छोडेको तारबाट करेन्ट लाग्दा पुजाराको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुजाराको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्