भक्तपुरको क्वालिटी ईङ्गलिस सेकेन्डरी स्कुलको वार्षिकोत्सव सम्पन्न

भक्तपुर – चाँगुनारायण नगरपालिका वडा न ६मा रहेको क्वालिटी ईङ्गलिस सेकेन्डरी स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार स्कुलले एक कार्यक्रमको आयोजना गरि आफ्नो २४ औं बार्षिकोत्वस तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

२०५४ सालमा स्थापित यस बिद्यालयले भक्तपुरको शैक्षिक उन्नतीमा आफ्नो विशिष्ट छाप छाड्न सफल भएको छ । कार्यक्रममा प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख खत्रीले उत्तरपूर्वी भेगमा रहेर भक्तपुर जाने विद्यार्थीलाई केहि हद सम्म रोक्न सफल यस बिद्यालयले अझै रोक्नु बताएका थिए । नगर प्रखुम खत्रीले नाम अनुरुप गुणस्तरीय शिक्षा दिन सफल भएकोमा स्कुललाई बधाई दिदै अझ प्रगतिको कामना गर्नु गरे ।

चाँगुनारायण नगरपालिकाका प्रबक्ता तथा वडा न. ८ का अध्यक्ष जनक खत्रीले आफ्नो बाल्यकालमा चिनेको यस बिद्यालयको सफलतामा आफु रमाउने गरेको बताए । उनले अभिभावकहरुलाई आफ्नो बालबालिकाको क्वालिटी ईङ्गलिस सेकेन्डरी स्कुलमा पढाउँदा कुनै चिन्ता गर्नु नपर्ने पनि बताए । यसैगरी चाँगुनारायण नगरपालिका वडा नं ६ का अध्यक्ष धन बहादुर लामाले आफ्नो वडामा रहेको यस स्कुलले अभिभावकको मन जित्न सफल भई भक्तपुर जाने विद्यार्थीलाई रोक्न सफल भएकोमा आफुलाई खुसी लागेको बताए । बडा नं ५ का अध्यक्ष जयन्द्र खड्काले आफ्नो बालबालिकालाई क्वालिटी ईङ्गलिस सेकेन्डरी स्कुलमा पढाउन पठाउनु भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा शैक्षिक बर्ष २०७८ का कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो साथै बर्ष बिद्यार्थीमा कक्षा १० कि छात्रा प्रविना लामिछाने, सबै दिन बिद्यालय आउने बिद्यार्थीमा कक्षा ६ का बिद्यार्थी प्रनिशा गिरी, बर्ष सफा बिद्यार्थीमा कक्षा ४ का प्रन्सुख के. सी. र अनुशासित बिद्यार्थीमा कक्षा ९ कि बिद्यार्थी आयुषा नेपाल पुरस्कृत भएका थिए ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रबोध प्रभाकर रिजालले बिद्यालयको प्रगतिमा बधाई दिंदै उत्तरोत्तर प्रगतिको कामना गरे । नेशनल प्याब्सन भक्तपुर अध्यक्ष संजय खड्काले बिद्यालयको विकासको चर्चा गर्दै असल सिकाई कार्यमा अभिभावकको दायित्वको बारेमा प्रकाश पारेका थिए ।

बिद्यालयका संस्थापक प्रिन्सिपल जी. बी. खड्काले जागिर खाने नागरिक होईन जागिर खुवाउने नागरिक सृजनामा बिद्यालय उद्दत रहेको र निजी विद्यालय बिदेशीने नागरिक सृजना गर्दछन भन्ने आरोपको खण्डन गर्दै देशलाई माया गर्ने र आफ्नै देशमा रहि केही गर्नुपर्छ भन्ने भावनाको विकास निजी विद्यालयले गर्ने गरेको बताए ।

कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो र १० बर्ष सेवा पुर्याउदै आएका शिक्षक राम कुमार नेपाल, अनिता थापा र स्नेहा लामिछानेलाई दिर्घ सेवा सम्मान पुरस्कार प्रदान गरिएको थियो ।
चित्रकला प्रदर्शनी, हस्तलेखन प्रदर्शन र शिक्षण सामग्री प्रदर्शन कार्यक्रमका आकर्षण रहेका थिए। कार्यक्रममा बिद्यार्थीहरुको नृत्य, नाटक, गायन, कविता बाचन आदि प्रस्तुत गरिएको थियो ।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिबोधन बास्तोलाको सभापतित्वमा सम्पन्न भएको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्