सेयर बजारमा ठुलो पहिरो

काठमाडौं –  सेयर बजारमा ठुलो पहिरो गएको छ । आज नेप्सै परिसूचक उच्च अंकले घटेको छ । खासगरी आज लघुवित्त उपसूचकमा पहिरो गएको हो। जसका कारण समग्र सेयर बजारमा ५७.७४ अंकको गिरावट आएको छ । लघुवित्तमा मात्र ९.५४ अंकको गिरावट आएको छ । ३९ वटा कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लेवलमा कारोबार भयो । यसरी घट्नेमा सबै लघुवित्त कम्पनी छन् ।

लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले अनियन्त्रित कर्जा लगानी, प्रोभिजन र लाभांशमा गरेको कडाइको असर सेयर बजारमा देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्