सहकारी र लघुबित्तहरुको ठगी प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत )को एक्सन

काठमाडाैँ  – सहकारी र लघुबित्तहरुको ठगी प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) शुक्लाफाँटा नगरले एक्सन लिएको छ । आज एक प्रेस नोट जारी गर्दै पछिल्लो समयमा नेपालमा सहकारी र लघुबित्तहरुको ठगी प्रकरण र ज्यादती सतहमा देखिएको भन्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सुदुरपस्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा न.–११ कलुवापुरमा सञ्चालित “सुनबरा कृषि सहकारी सँस्था लिमिटेड” ले सेयर सदस्यहरुको सेयर पुजी र बचत पुजी रकम समेत लामो समय सहकारी बन्द हुदा पनि फिर्ता नगरेको र नेपाल सरकारबाट अनुदान सहयोगमा प्राप्त एम्बुलेन्स,कृषि उपज ढुवानी गाडी र दूध प्रसोधन गर्ने मेसिन लगायतका उपकरणहरु समेत जनसेवामा लगाउन छोडेर दुरुपयोग गरिरहेको घटना प्रति आपत्ती जनाएको छ ।

उक्त अपराधीक कार्यमा सँलग्न तत्कालीन पदाधिकारी सदस्य हरुलाइ सात दिनभित्र सेयर पुजि र बचत पुजि फिर्ता गर्न र अनुदानमा प्राप्त सवारी साधन र यन्त्र उपकरण नेपाल सरकारलाई बुझाउने ब्यबस्था मिलाउन हुन जोडदार माग गरेको छ शुक्लाफाँटा नगर इन्चार्ज बहादुर सिँह महराले बताएका छन् । उल्लेखित समयमा जनताको सेयर पुजि रकम र बचत पुजि रकम फिर्ता र उल्लेखित सवारी साधन ,यन्त्र उपकरण फिर्ता नगरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सहकारी सँस्था र नेपाल सरकारको सम्बन्धित निकाय नै हुनुपर्ने चेतावनी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्