पाँचपोखरी थाङ्पाल गाउँपालिकामा २० बेड सहितको क्वारेन्टाईन तयार

सुशील सुवेदी
सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरसबाट बच्न २० बेडको क्वारेनटाइन बनाएको छ ।
गाउँपालिकाको प्रवेशद्वार तिपेनीमा २० बेडको क्वारेनटाइन तयार गरेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

उनका अनुसार कोरोनाबाट बच्न पालिका भन्दा बाहिरबाट आउने जो कोहिलाई पनि चेक जाँच गरेर मात्र गाउँमा प्रवेश गराउने नीति लिइएको छ । चेक जाँचमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि भाइरस प्रतिरोधी पोसाकको व्यवस्था गरिएको छ भने तिपेनिमा हेल्थ डेस्क यो भन्दा पहिले नै सन्चालनमा ल्याईसकेको अध्यक्ष लामाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्