‘मेला झौला गोकुल्याका’ डेउडा गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – ‘मेला झौला गोकुल्याका’ डेउडा गीत सार्वजनिक भएको छ । सम्झना म्युजिक फिल्म्सको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । पछिल्लो समय सर्वाधिक रुचाइएको सामाजिक सञ्जाल टिकटकमा समेत गीत भाइरल भएको छ । शेरी औजी र रेखा जोशीको स्वरमा रहेको यस गीतको शब्द भने माधव विष्ट कैलासको रहेको छ । मालाश्री स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको एरेन्ज भने दिपक सँगम विसीले गरेका हुन् । गीतको भिडियोमा पदम कोली र कल्पना औजीको मुख्य भुमिका रहेको छ । मौसम विष्टले निर्देशन गरेको यस गीतको छायांकन र सम्पादन अमृत विकले गरेका हुन् । गीतमा सुदूरपश्चिमका मुख्य धार्मिक स्थल एवं पर्यटकीय स्थलहरुलाई उजागर गर्न खोजिएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्