चर्चित गीतको सारथी बन्दै बिग परिवेश रेकर्डिङ स्टुडियो

काठमाडाैं – पछिल्लो समय विग एचडी परिवेश स्टुडियोका गीतहरुले बजारमा चर्चा बटुलेको पाइन्छ । बिग परिवेशको चर्चा नेपालमा मात्रै नभई भारतमा समेत हुने गरेको पाइन्छ । स्टुडियो सञ्चालक भूवन बडूले एरेन्ज गरेका गीतहरुले पछिल्लो समय राम्रो स्थान पाएको छ भने आम दर्शक श्रोताहरुले अत्यधिक रुचाइएका छन् ।

चर्चित ठाडी भाका लगायत अधिकांश देउडा गीतहरुको रेकर्डिङ स्टुडियो बिग परिबेश नै रहेको छ । भारतको मुम्बईमा समेत स्टुडियो रहेको बिग परिवेशले नेपाल र भारतबाट गीत रेकर्डिङ गर्ने गरेको छ । म्यूजिक एरेन्जमा ख्यातीप्राप्त व्यक्ति तथा बिग एचडी परिवेश स्टुडियोका सञ्चालक भूवन बडू धेरै पटक अवार्ड जित्न समेत सफल भएका छन् ।

पछिल्लो समय चर्चामा रहेका खोड्पे पाटन, मेरि निर्मला, सैया सयालु, ओइ धड्कने मुटु विग परिबेश स्टुडियोमा रेकर्डिङ भएका तथा भूवन बडूले एरेन्ज गरेका गीतहरु हुन् । यसैगरी हाम्रो डडेल्धुरा, जहाज दुर्घटना, सुण लक्षिमा, चुक भन्दा काली, ठाडी भाकामा कर्म पनि यस्तै रैछ, पोइलाइ मान्नी हेला, कान्छी साली आँखा नलाउ, छाडी बाइगेइ मायाजाल, तिमी देखी टाढा, रुवाउने माया लगायतका चर्चित गीतहरु यसै स्टुडियामा रेकर्डिङ भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्