अमेरिका बन्द हुनको लागि बनेको हैन : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९)को कारण अमेरिका बन्द नहुने बताएका छन् । कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम्पले अमेरिका बन्द गराउनको लागि नबनेको बताएका हुन् ।

सोमबार ट्रम्पले आफ्नो प्रशासनले सतर्कतापूर्वक आर्थिक कामहरु पुरानै समयमा सुचारु रुपमा सञ्चालन गर्न निर्देशन दिन सक्ने बताएका हुन् । उनले आफूले सबै पक्षसँग सल्लाह गरेर सबै आर्थिक गतिविधिलाई यथावतरुपमा सञ्चालन गराउने तयारी भइरहेको बताएका छन् ।

ट्रम्पले सबै नागरिकलाई सामाजिक दूरी राख्न सुझाव दिएको केही समयमा नै यस्तो घोषणा गरेका हुन् । अहिलेसम्म अमेरिकामा यो भाइरसको कारण ४६ हजार १४५ जना संक्रमित भइसकेका छन् । यसले अमेरिकाको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा प्रभाव परेको छ । भाइरसको कारण अमेरिकामा सबै व्यवसाय बन्द भएका छन् भने उल्लेख्य मात्रामा रोजगारीमा कटौती गरिएको छ ।

सोमबार भने ट्रम्पले एक साताभित्रै यथावतरुपमा व्यवसाय चल्न सक्ने बताएका हुन् । उनले यो एउटा चिकित्सासम्बन्धी समस्या रहेको र यसको कारण मुलुकमा वित्तीय संकट आउन नदिने बताएका छन् ।

अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म ५८२ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्