दार्चुलामा सामाजिक पर्व मनाउन रोक, कालो बजारी गरे कडा कारवाही गर्ने चेतावनी

दार्चुला – दार्चुलामा मनाईने विसुपर्व, चैतेदशै, चैते भेटौला, जस्ता स्थानीय स्तरमा चलिआएका सामाजिक पर्वलाई नमनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । खाद्यान्न तरकारी, पानी, ग्याँस, औषधी, जस्ता अत्यावश्यक सेवाका वस्तुहरुबाहेकका पसलहरु चैत ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्ने निर्णय गरिएको छ । बजारमा उपभोग्य सामाग्रीको कृत्रिम अभाव सृजनागर्ने, जम्माखोरी, कालोबजारी एवं मिसावट गर्नेलाई कार्वा्हि गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाका धार्मिक आस्थाका रुपमा रहेका धार्मिक मठमन्दिर, गुम्बाचर्च जस्ता स्थलहरुमा भीडभाड र जमघट नगर्ने तथा बार्षिक श्राद्ध, भोजभतेर, ब्रतबन्ध लगायतका पारिवारिक एवं सामाजिक जमघट भेटघालाई बन्द गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्