आज ५ बजेदेखि दार्चुला सदरमुकाम ‘लकडाउन’ हुने

दार्चूला – दार्चुला सदरमुकाम खलंगा सोमबार बेलुकी ५ बजेबाट लक डाउन हुने भएको छ । विश्वव्यापी रुपमा फैलिदैगएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनज गर्दै दार्चुलालाई लक डाउन गर्ने निर्णय भएको हो ।

आइतबार सदरमुकाम खलंगा जोर विजोर प्रणालीमा खुलाउन सकिने निर्णय भएकोमा सोमबार काठमाण्डौंमा एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै दार्चुला सदरमुकाम खलंगा लक डाउन गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

अन्य जिल्लाबाट दार्चुला प्रवेश गर्ने मालबाहक गाडी बाहेक नीजि सवारी साधन, र मोटरसाईकल आवतजावतमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । मालवाहक सवारी सधानका चालकहरुको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।

खाद्यान्न, ग्यासँ पसल, तेल, नुन, फलफुल, तरकारी, दुध डेरी पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म खुला रहने तथा सामान खरिद गर्न एक घरबाट एक जना मात्रै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्