लोकगायिका कल्पना दाहालले प्रेमी पुण्यसँग गरिन् विवाह

काठमाडौं – लोकदोहोरी गायिका कल्पना दाहालले प्रेमी पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका प्रेमी पुण्यसँग गत जेठमा कल्पनाले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेकी थिइन् । उनीहरूले शुक्रबार परम्परागत रितिअनुसार ललितपुरको इमाडोलस्थित एक पार्टी प्यालेसमा भव्य विवाह गरेका हुन् । लामो समयदेखि सांगेतिक क्षेत्रमा सक्रिय कल्पनाको विवाहमा थुप्रै कलाकारहरू उपस्थित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्