बाजुरा-१ मा कांग्रेसका बद्री पाण्डे अग्रस्थानमा, दोलखा-१ मा माओवादीका गंगा कार्कीको अग्रता

काठमाडाैं –  बाजुरा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे निरन्तर अग्रस्थानमा देखिएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाजुरा क्षेत्र नं १ मा कांग्रेस उम्मेदवार पाण्डे १४१०५ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापा १२११४ मतका साथ दोस्रो स्थानमा छन् ।

यसैगरी दोलखा क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की १००६२ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटी ८८५९ मतका साथ दोस्रो स्थानमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्