मास्क र सेनिटाइजर कालोबजारी गर्ने चार जना पक्राउ

धनुषा – कोरोनाको संक्रमण फैलिन नदिन चौतर्फी प्रयास भइरहेको अवस्थामा कालोबजारी गर्ने चार जनालाई जनकपुरधामबाट पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुगमनका क्रममा मास्क र सेनिटाइजरमा कालोबजारी गर्न चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम ४ स्थित सुस्मिता मेडिकलका सञ्चालक सर्लाहीको बरहथवा नगरपालिका ८ बस्ने संजय साह र जनकपुरधााम ४ स्थित सम्पूर्ण मेडिकलबाट सोही ठाउँका ३२ वर्षीय संजय साह छन् । यी दुबैले मास्कमा कालोबजारी गरेको प्रहरीको भनाइ छ ।

यस्तै, जनकपुरकै भ्रमरपुरा चोकस्थित अटल फार्मेसीबाट धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २६ वर्षीय अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका ६ बस्ने ३० वर्षीय प्रभन्स चौधरीलाई पक्राउ गरिएको छ । यी दुबैले सेनिटाइजरमा कालोबजारी गरेको धनुषा प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्