डोटी र डडेल्धुरा जिल्लाका ,सडक सिमाभित्र रहेका घर, टहरा हटाइने

हरिश चन्द, डडेल्धुरा

महाकाली राजमार्ग र सेती राजमार्ग अन्तरगतका सडक सिमाभित्र पर्ने घर टहरा हटाइने भएको छ । सडक सीमाभित्रका घर टहरा सामग्रीहरु हटाउन संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कुलपाते डोटीले १५ दिने सुचनाजारी गरेको छ । सडक डिभिजनले निकालेको सूचनामा महाकाली राजमार्ग अन्तरगत स्याउले देखि बागबजार सम्मको ३ किलोमिटर सडकको दाँया–बायाँ २५ र २५ मिटर खालीगर्ने सूचनामा उल्लेख गरेको छ ।
१५ दिनभित्र उक्त क्षेत्रका संरचनाहरु नहटाए सार्वजनिक सडक ऐन २०३१ बमोजिम सडक संरक्षणका लागि खाली गरिने कार्यालयले जनाएको छ । सडकमा भएका घर टहरा हटाउनका लागि जिल्ला समन्वय समिति, नगरपालिका स्थानीय सरकारको सहयोगले यो कार्यलाई अगाडि वढाउने सडक डिभिजन कार्यालय कुलपालेले जनाएको छ ।
सडकमा मापण्ड अनुसार नभएका घर टहरा छिट्टै हटाउने प्रक्रिया अगाडि वढाउने र फल्टुडे देखि अनारखोलि र स्याउले देखि डोटी सम्म महाकाली राजमार्गमा २५ मिटर र सेती राजमार्गमा १५ मिटर सडक चौडा गर्ने सडक डिभिजन कार्यालयका प्रमुख सुदर्शन कार्कीले जानकारी दिनुभयो ।दुई जिल्ला हेर्न पर्ने हुदाँ कर्मचारि अभावका कारण यो कार्यमा तिब्रता नपाएको समेत प्रमुख कार्कीले जानकारि दिनु भयो ।
“उनले भने १० जना सव अवभरसेर हुन पर्नेमा ४ जनामात्र छन ४ जना ईन्जिनियरको दरवन्दिमा २ जनाले कामगरि रहेकोले झन समस्याआएको समेत उनले बताए” यो कार्यलाई अगाडि वढाउनमा सबैको साथ सहयोग चाहिने समेत अपिल गर्न भएको छ ।
सडक ऐन २०३१ बमोजिम बीच बीचमा कुनै अदालतको निर्णय भएको भए निर्णय मान्न पर्ने कार्की को भनाई रहेको छ । मैले मात्र गरेर सम्भव नहुने र यसको लागि स्थानिय निकायले गरेको निर्णय कार्यालयमा आएपछि चरण वद्धरुपमा यो कार्यलाई अगाडी वढान सकिन्छ ।
यस्ता सुचना त धेरै पटक निस्के यस क्षेत्रका ४र५ चोटी त प्रधानमन्त्री भए त्यतिवेलात यो सडकलाई चौडा पर्न सकेनन अव के आस लिनु ? स्याउलेका स्थानिय मनोज मालले भने सडक डिभिजनले सुचना त प्रत्येक वर्ष निकाल्छ ख्रै लागु कहिले पनि हुदैन हामीलेत विश्वस गर्न नि छोडियौ ! अर्का स्थानिय रमेश ओझाको भनाई रहेको छ ।
सुचना निकाले पछि सम्वन्धित कार्यालयले यो कार्यलाई कार्यान्वयनमा गर्नु प¥यो ,हैन भने जनतालाई उल्लु वनाउने काम चाहि राम्रो लागेन यहाँका स्थानिको गुनासो रहेको छ । अहिले जथाभावी राष्ट्रिय राजमार्गबाट शाखा सडक खन्ने क्रम बढेपछि सडक डिभिजनले पूर्व स्वकृती बिनाशाखा सडकहरु नखोल्न समेत अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्