बिदामा नबस्न स्वास्थ्यकर्मीहरुलाई चाैरजहारी नगरपालिकाकाे निर्देशन

ज्ञानु गाैतम, रुकुम पश्चिम

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य संस्था नछोड्न स्वास्थ्यकर्मीहरुलाई परिपत्र गरेको छ ।
विहिवार चौरजहारी नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाद्वारा जारी विज्ञप्तीमा कोरनाकोको रोकथाम, नियन्त्रण र संक्रमण हुन नदिन नगरपालिका अन्र्तगतका प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुत्केरी तथा किरिया विदा बाहेक अन्य अवस्थ्यामा विदामा नछोड्न र आ–आफ्नो संस्थामा हेल्थ डेस्क स्थापना गरी आवश्यक व्यवस्था गर्नहुन अनुरोध गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्