चर्चित गायिका आचार्यको संवेदनशिल अंगमा कसले लगाइदियो जमरा?

काठमाडौँ – नेपालीहरूको महान पर्व बडादसैँको टीका र जमरा मान्यजनको हातबाट लगाइन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेको छ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टीका लगाउन जाने र आशीर्वाद लिने गरिन्छ । टिका ग्रहण गर्दैगर्दा मान्यजनहरूले जमरा पनि लगाई दिन्छन् । सामान्यतया टिका निधारमा लगाइन्छ भने जमरा शिरमा, कानमाथि लगाइन्छ । तर, यसपालिको दसैँमा एक चर्चित गायिकालाई भने संवेदनशिल अंगविच जमरा टाँसेको तस्बिर सार्वजनिक गरेकी छन् ।

ती गायिकाको उक्त हर्कतलाई धेरैले ‘संस्कृतिमाथि विकृति’ भनेर आलोचना गरेका छन् । ठुलाबडाले लगाइदिने जमरा उनको संवेदनशिल अंगमा कसले लगाइदियो? धेरैले जिज्ञासा राखेका छन् ।

गायिका तथा मोडल लक्ष्मी आचार्यको दशैँको जमरा लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले दशैको अबसरमा जमरा लगाएको फोटो सुट गराएकी थिइन् । आचार्यले फोटो समाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि समाजिक सकारात्मक भन्दा नकरात्मक टिप्पणी बढी भएका छन् । आचार्यले यसपालि आफ्नो दसैंको टिका नभएको कारणले ठुलावडाबाट आशिर्वाद थाप्न नसकेको प्रतिक्रिया दिएकी छन् । ठुलावडाबाट शिरमा जमरा थाप्न नमिल्ने अवस्था भएकै कारण आफूले दसैँको झल्को मेटाउन छातीमा जमरा लगाएको आचार्यको तर्क छ ।

‘प्रसङ्गमा जोड्दा २०७९ सालको दसैँ हाम्रो परिवारका लागि त्यति सहज थिएन । केही कुरामा दुखी हुँदाहुँदै पनि सम्पूर्ण दर्शक तथा श्रोताहरूमाझ खुसी ल्याउनका लागि मात्रै मैले उक्त जमरा लगाएकी हुँ । मैले घरपरिवारका साथ बसेर दसैँको टिका जमरा र ठुलाबडाबाट आशीर्वाद थाप्न नसकेपनि जमरालाई छातिमा सजाएँ । कला, संस्कृतिलाई जगेर्ना गर्दैगर्दा छातिमा जमरा सजाएर राखेँ ।’

आलोचना भएपछि उक्त तस्विरको बारेमा आर्चायले स्पष्टीकरण दिएकी छन । उसो त आचार्य बेलाबखत आलोचना खेपिरहने कलाकारको सूचीमा पर्छिन् ।

२०७४ मा सामाजिक सञ्जालमा तिनै गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर सर्वाधिक भाइरल भएको थियो । शुक्रवार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ । पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको भन्दै उत्तेजक तस्बिर प्रकाश गर्नु र तस्बिर खिचाउनु दुबै गलत भएको धारणा सामाजिक सञ्जालमा सर्वसाधारणले राखेका थिए ।

गायिका आचार्यको भाइरल तस्बिर २०७४ असोज २७ गते बिहिबार प्रकाशित शुक्रबार साप्ताहिमा छापिएको हो । शुक्रबार सुन्दरीको रुपमा ब्लोअप पेजमा सहायक तस्बिरको रुपमा यो छापिएको छ । ब्लोअपको मेन तस्बिरको रुपमा अर्कै तस्बिर छापिएको छ ।

मुख्य ब्लोअपमा बक्षस्थलमा ओम लेखिएको ट्याुट भएको तस्बिर छापिएको छ । तस्बिर रमेश दुवालले खिचेका थिए । भाइरल तस्बिरमा आचार्य न्यूड देखिएकी छन् । कुकुर काखमा राखेर मोडलिङ शैलीमा खिचिएको तस्बिरमा गोप्य अंग उक्त कुकुरले छोपिएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्