सल्यानको कपुरकोटमा पहिरोले चार घरमा क्षति, थप विवरण आउन बाँकि

FILE PHOTO

सल्यानको कपुरकोटमा पहिरोले चार घर पुरेको छ। जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सल्लाममा चार घर पहिरोले पुरेको स्थानीयले बताएका छन्।  कपुरकोटमा पहिरोले घर पुरेको खबर आएलगत्तै घटनास्थलमा उद्धार तथा खोजीको लागि इप्रका कपुरकोटबाट प्रहरी खटाइएको छ ।

पहिरोले केही घर पुरेको खबर आए पनि मानवीय क्षति नभएको अनुमान गरिएको छ तर यथार्थ विवरण आउन बाँकि रहेको छ । बिहान झरेको पहिरोका कारण सल्लाम गाउँका थप २० घर परिवार जोखिममा परेको छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्