मेक्सिकोमा अन्धाधुन्द गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौं – मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अकोस्टा पूर्वमेयर मेयरसहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए । आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए । त्यसअघि उनीहरुले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरुमा ठूला गाडी तेर्स्याएका थिए । घटनाको अनुसन्धान जारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्