दोगडाकेदार गाउँपालिका : गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद

केही स्थानीय तहका जनप्रतिनिधि लाखौं मूल्यका गाडी किन्ने होडबाजी चलिरहेका बेला बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्षले गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गर्नुुभएको छ ।
गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरु मर्कामा परेको देखेपछि गाउँपालिकाले गाडी किन्न विनियोजित गरेको रकमले एम्बुलेन्स किनेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका महिलालाई गाउँपालिका बाहिर जाँदा एम्बुलेन्सले निःशुल्क सेवा दिनेछ भने ार्थिक अवस्था कमजोर भएका अन्य बिरामीलाई समेत निःशुल्क सेवा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको बैठकले गाडी र टिप्पर किन्न ८० लाख रुपियाँ बजेट विनियोजित गरेको थियो ।

 

फाेटाे : गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्