चर्चित गायिक रचना रिमाल र गायक टेक बिसीको “कालले लगे सँगै मरौँला २” गीत सार्वजनिक

काठमाडाैँ  – चर्चित गायिक रचना रिमाल र गायक टेक बिसीको स्वरमा रहेको “कालले लगे सँगै मरौँला २” गीतको भिडियो सार्वजनिक भएको छ । द रिल्स इन्टरटेन्मेन्टस्को आधिकारिक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

प्रमोद भन्डारीको निर्देशन तथा तृष्ण कर्ण निर्माता रहेको उक्त गीतमा स्मृति श्रेष्ठ र विशाल गुरउले अभिनय गरेका छन् । यसैगरी कृष्ण भण्डारीले सम्पादन गरेको छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा लय संगीत उमेश मुस्कानको रहेको छ । यस्तै खुमन राना र सुमन रानाले रेकर्डिस्टको भूमिका खेलेका छन् भने कुमार रानाले मिक्सिङ गरेका छन् ।

दुई प्रेम जोडिको मायाप्रेमको कथामा आधारित शब्दहरु गीतमा समावेश गरिएका छन् । तिमि मरे सति गईदिउँला, हाम्रो माया बगरजस्तै कतै सुक्छ कि, माया लगाइएको र कसम खाइएको, माया बैस रहुन्जेलसम्म र चाउरी परुन्जेल सम्म हुनुपर्ने मार्मिक शब्द समेटिएका छन् । आँखाको ज्योति बनिदिनु, बुढेसकालको साहारा बनौँला भनि गीतलाई निरन्तरता दिएको पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्