हेलम्बुमा हराएका शिक्षकको खोलाको खोचबाट सकुशल उद्धार

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालकामा हराइरहेका शिक्षक केशव सिवाकोटीको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ ।

हेलम्बु गाउपालिका वडा नं. १ मा शनिबार पौडि खेल्ने क्रममा हराएकाा शिक्षक सिवाकोटिको आज सकुशल उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार पौडीखेल्ने क्रममा उनी चिप्लिएर खोलाको खोचमा पुगेका थिए । शनिबार दिनभरी उनको खोजी गरिएपनि फेला पार्न सकेको थिएन । शिक्षक सिवाकोटीको खोजी गर्दै जादा आइतबार विहान उनी खोलाको खोचमा भट्टिएका थिए । सिवाकोटीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयहरु सक्रिय भएका थिए ।

अध्यक्ष शेर्पाले उद्धारमा सक्रिय सबैलाई धन्यवाद समेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्