डडेल्धुरामा लडेर एक किशोरको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – डडेल्धुरामा लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको अलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा डिएसपी मनोहरप्रसाद भट्टले किशोरको मृत्यु भएको पुष्टि गर्दै शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको जानकारी दिए । ती किशोर कुनै ठाउँमा लडेर घाइते अवस्थामा घर पुगेको र मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टले बताए । यता, पारिवारिक स्रोतका अनुसार किशोरको काठ बोकिरहेको अवस्थामा लडेर घाइते भएपछि मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्