नेशनल प्याब्सनका सिरहा अध्यक्ष तिवारीलाई माओवादीले गर्‍यो प्रदेशसभामा उम्मेदवार सिफारिस

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)का सिरहा जिल्ला अध्यक्ष प्रदिप तिवारी प्रदेशसभा उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा (माओवादी) केन्द्रले सिरहा क्षेत्र नं. ४ प्रदेशसभा ‘क’ बाट तिवारीलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो । तिवारी सँगै दिलिप साह, कुशेश्वर साह, धनिकलाल यादव र रामचन्द्र साहको नाम सिफारिस गरिएको छ । तिवारी लामो समयदेखि शैक्षिक क्षेत्रमा कार्यरत छन् । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्