नेपाली काँग्रेस बैतडी प्रदेशसभा ‘ख’ बाट समानुपातिक उम्मेदवारमा राधा ओझा सिफारिस

काठमाडौँ – नैपाली काँग्रेस बैतडीले प्रदेश सभा (ख ) बाट समानुपातिक उम्मेदवार राधा ओझालाई सिफारिस गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिले ओझालाई प्रदेशसभा ‘ख’ को लागि समानुपातिक उम्मेदवार सिफारिस गरेको हो । ओझा नेपाली काँग्रेसको भातृ संगठन तररुण दलको बैतडीको जिल्ला सदस्य, महिला संघ बैतडीको जिल्ला सदस्य हुन् । यसै गरि ओझा मंगलादेवी प्रतिष्ठानको जिल्ला अध्यक्ष समेत हुन् । काँग्रेस नेतृ ओझा २०७४ सालको स्थानीय तह निर्वाचनबाट मेलौली नगरपालिकाकी उपमेयरमा समेत निर्वाचित भएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्