रेखा जोशी र शेरी औजीको स्वरमा रहेको देउडा गीत “रङ्गी रुमाल” सार्वजनिक

काठमाडाैं – चर्चित गायिक रेखा जोशी र गायक शेरी औजीको स्वरमा रहेको “रङ्गी रुमाल” गीत सार्वजनिक भएको छ । सम्झना म्यूजिक फिल्मसको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत विहिवार सार्वजनिक भएको हो । जसमा शब्द रमेश सम्झना मायालु र भानुभक्त जोशीको रहेको छ भने लय रमेश सम्झना मायालुको रहेको छ । यस गीतलाई दिपक संगम बिसीले एरेन्ज गरेको छ ।

रंगी रुमाल, टल्की रन्या, झल्की रन्या अपी हिमाल जस्ता शब्द समावेश भएको उक्त गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको छ । विनोद भण्डारी र सुवाश विष्टले छायांकन गरेको उक्त गीतमा सम्पादन तथा निर्देशन थापा कमल विवेकको रहेको छ । रमेश सम्झना मायालु र मिना बोहराले अभिनय गरेको उक्त गीत अत्यधिक रुचाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्