अपिहिमालमा उत्पादित अल्लो, भाङो र ऊनका कपडाहरु बजारमा आउने

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले आगामी ५ वर्ष भित्र अपिहिमालमै उत्पादित अल्लो, भाङो र ऊनका कपडाहरु बजारमा आउने बताएका छन् । उपहारखबरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष बोहराले स्थानीय उत्पादनलाई प्रोत्साहन दिनका लागि गाउँपालिकाले नीति निर्माण गरिरहेको र आगामी ५ वर्ष भित्र अपिहिमालमै उत्पादित अल्लो, भाङो र ऊनका कपडाहरु बजारमा आउने बताएका हुन् । ‘भेडाको ऊनका सामाग्रीहरु परम्परागत रुपमा हामीले प्रयोग गर्दै आइरहेको छौँ ।’ अध्यक्ष बोहराले भने, ‘भाङो र अल्लोको उत्पादन पनि हाम्रो गाउँपालिकामा प्रसस्त हुन्छ ।’ । यसै आर्थिक वर्षदेखि अल्लो तथा भाङो प्रशोधन गर्नको लागि बजेज समेत विनियोजन गरिएको अध्यक्ष ठेकरेले जानकारी दिए । अल्लो, भाङ र ऊनका कपडाहरु बजारमा पुगेपश्चात स्थानीय किशानहरुको जीवनशैली परिवर्तन हुने अध्यक्ष बोहराको विश्वास छ । किसानहरुलाई प्रोत्साहन दिइने पनि अध्यक्ष बोहराले जानकारी दिए । भाङो खेतीबाट कपडा, तेल लगायतको उत्पादन गर्न गाँजा खेतीमा गाउँपालिकाले बैधानिकता समेत दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्