सोमबार सुन र चाँदी दुबैको भाउ सस्तो

काठमाडाैं – सोमबार सुन र चाँदी दुबैको भाउ सस्तो भएको छ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

सोमबार चाँदी भने प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्