बालकोटमा ओली र मिश्रबीच साढे २ घण्टा कुराकानी, राजसंस्थाबारे पनि छलफल

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ ।
ओलीको निवासमा बालकोटमा आइतबार बेलुका भेटवार्ता भएको मिश्रले जानकारी दिएका छन् । ओलीसँग लगभग साढे २ घण्टा कुराकानी भएको बताएका छन् । आगामी मंसिरमा हुने आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता लगायतका विषयमा छलफल भएको मिश्रले बताएका छन् । ‘ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो ।’ मिश्रले भने, ‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो ।’

ओलीले मिश्रलाई राजनीतिमा छलछाम र घम्साघम्सी हुने भएकाले नआत्तिन सुझाव दिएका छन्, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।” ओलीले मिश्रलाई भनेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्