काठमाडौँ महानगरको नक्सा विपरितका संरचना भत्काउने अभियान स्वागत योग्य : एमाले सचेतक चौधरी

काठमाडौँ – नेकपा एमालेकी सांसद एवं सचेतक शान्ता चौधरीले काठमाडौँ महानगरले चलाएको नक्सा विपरितका संरचना भत्काउने अभियान स्वागत योग्य भएको बताएकी छिन् । ‘बालेन्द्र शाह र सुनिता डंगोलको टिमले चलाएको काठमाडौँमा नक्शा बिपरितका संरचना हाटाउने अभियान स्वागत योग्य छ,’ सांसद चौधरीले सामाजिक संजालमा लेखेकी छिन् । उनले यस्ता सार्वजनिक हितका कामहरु देशभरी नै चलाउनुपर्ने तर्क समेत गरिन् । उनले लेखेकी छिन्, ‘सार्बजनिक हितका यस्ता काम देश भरि नै चलाउनु पर्दछ, यस्ता कार्यमा सबैको साथ् सहयोग होस् ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्